Published Date : 2026-06-24
लोवर मिड रावाखोला हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको विशेष साधारण सभा सम्बन्धी सूचना
आदरणीय शेयरधनी महानुभावहरू,
यस कम्पनीको मिति २०८३/०२/०८ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा देहायको विषयहरूमा छलफल गर्न निम्न मिति समय र स्थानमा बस्ने भएको हुँदा शेयरधनी महानुभावहरूको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
विशेष साधारण सभा हुने स्थान मिति र समय :
साधारण सभा गर्ने स्थान: कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगञ्ज काठमाडौं ।
साधारण सभा गर्ने मिति: २०८३ साल असार २५ गते बिहिबार ।
समय: दिनको १२ बजे ।
प्रस्तावहरू
१. कम्पनीको पूँजी वृद्धि तथा पूँजीको संरचना संशोधन गर्न प्रबन्ध पत्रको दफा ६ को उपदफा क, ख, ग संशोधन सम्बन्धमा ।
२. कम्पनीको उद्देश्य थप गर्ने सम्बन्धमा ।
३. बाधा अड्काउ फुकाउने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
४. विविध ।
विशेष साधारण सभा सम्बन्धी सामान्य जानकारी
१. सभामा उपस्थित हुने शेयरधनीहरूले अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र वा आफ्नो परिचय पत्र स्पष्ट रूपमा खुल्ने फोटो सहितको आधिकारिक प्रमाणपत्र साथमा लिई सभामा भाग लिन अनुरोध छ ।
२. शेयरधनीहरूको दस्तखतको लागि शेयरधनी उपस्थित पुस्तिका दिनको १२ बजे बाट २ बजे सम्म खुल्ला गरिनेछ ।
३. विशेष साधारण सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रचलित कम्पनीको ढाँचामा प्रतिनिधि पत्र (प्रोक्सी) नियुक्त गर्नु पर्नेछ । तर प्रतिनिधि नियुक्त नगर्नुभएका शेयरधनी आफै उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधि पत्र स्वतः बदर हुनेछ ।
४. कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरधनीको हैसियतले सभामा भाग लिन सक्ने छ ।
५. कुनै शेयरधनी महानुभावहरूले विविध शीर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न गराउन चाहेममा सभा हुन भन्दा ७ दिन अगाडि सञ्चालक समितिको अध्यक्षलाई लिखित रूपमा प्रस्ताव दिनुपर्ने हुन्छ । तर त्यस्तो प्रस्ताव विशेष साधारण सभामा छलफल वा पारित गर्नको लागि समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा निहित हुनेछ ।
६. विशेष साधारण सभा सम्बन्धी अन्य जानकारी आवश्यक परेमा कम्पनीको website - www.rawakholahydro.com मा हेर्न सक्नुहुनेछ । वा कार्यालय समय भित्र कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. ०३ महाराजगञ्ज । फोन नं ०१५९०७६४० मा सम्पर्क राख्न सकिन्छ ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव